निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
जनकपुरधाम । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सञ्चालित निको कप महिला टि-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ ।
वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित पाँच ओभरमा पाँच विकेट गुमाएर १८ रनको योगफल बनायो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।
लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रुबिना क्षेत्रीले समान दुई/दुई विकेट हात पारे । उन्नाइस रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले तीन ओभरमा विना कुनै क्षति लक्ष्य भेटायो । कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अविजित १९ रनको साझेदारी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाएका हुन् ।
यो जितसँगै कोशी दुई खेलबाट चार अङ्क जोड्दै शीर्ष स्थानमा छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा कोशीले मधेस प्रदेशलाई २० रनले पराजित गरेको थियो । आजै हुने दोस्रो खेलमा मधेस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताका अनुसार प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम आर्मी र एपिएफ गरी नौ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता यही असार १४ गतेसम्म जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण