मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिदा मर्ने सङ्ख्या १०५ पुग्यो
काठमाडौँ । पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या एक सय ५ पुगेको छ ।
राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका छन् । दक्षिणपश्चिमी सहर एनडियागोको माछा मार्ने संघका अध्यक्ष याली फलले सोमबारदेखि स्थानीयहरूले किनारबाट निकालिएका शवहरू गाडिरहेको जानकारी दिए ।
आप्रवासी अधिकार समूह वाकिङ् बोर्डर्सले सन् २०२४ को पहिलो पाँच महिनामा क्यानरी टापु पुग्ने प्रयास गर्दा समुद्रमा अहिलेसम्म ५ हजार बढीको मृत्यु भइसकेको छ ।
पश्चिमी अफ्रिकी देशको सरकारी समाचार एजेन्सी र माछा मार्ने संघका प्रमुखले शुक्रबार डुङ्गा पल्टिएको एक हप्ता भएको बताए ।
कोस्ट गार्डले १७० जनासहित युरोप जान लागेका ८९ आप्रवासीको शव फेला पारेको छ । पाँच वर्षीया बालिकासहित नौ जनाको उद्धार गरिएको छ ।
पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुसम्मको एट्लान्टिक प्रवासी मार्ग विश्वको सबैभन्दा घातक मार्गहरूमध्ये एक हो ।
यो मार्ग प्रायः अफ्रिकी आप्रवासीहरूले स्पेन पुग्न प्रयोग गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण