मेलम्चीसहित देशका ७ नदीमा भीषण बाढी, सतर्कता जारी
काठमाडौँ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढीले खतराको तह पार गरेको जनाएको छ । मेलम्चीको नकोटेमा रहेको स्टेसनले हाल जल सतह बढिरहेको विवरण पठाएको छ ।
नदीमा पानीको सतह साढे ४ मिटर बढ्दा खतराको तह हुनेमा अहिले झन्डै ५ मिटर जल सतह बढेको र यो बढ्ने क्रममा रहेकोले मेलम्ची, इन्द्रावती, सुनकोसी किनारमा सतर्कता अपनाउन भनिएको छ ।
यस्तै भक्तपुरको हनुमन्ते खोलामा पनि बाढीको मात्रा बढिरहेको छ । १३ सय ९ मिटर जल सतह बढेको र बढ्ने क्रम रहेकोले भक्तपुरका खोला आसपास सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस्तै बागमती नदीले पनि जल सतह पार गरेको छ । नारायणी नदीमा पनि बाढीको मात्रा बढ्दो क्रममा रहेको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
देवघाटमा रहेको स्टेसनले गरेको मापन अनुसार नारायणी नदीले ७ दशमलव ३ मिटर जल सतह पार गर्दा खतराको तहमा हुने अवस्थामा हाल ८ दशमलव ४ मिटर जल सतह पार गरेको छ । यस्तै नारायणघाटमा पनि नारायणी नदीले जल सतह पार गरेको छ । लमजुङको बिमलनगरमा मर्स्याङ्दी नदी र कोशी नदीले बन्गाई क्षेत्रमा खतराको तह पार गरेको छ । दिउँसो १ बजेसम्म विभागले दिएको आँकडाअनुसार देशका ४१ स्थानमा भारी वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण