मधेस सरकारबाट ४ दलका ६ मन्त्री बर्खास्त
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।
मुख्यमन्त्री सिंहले रातोपाटीसँग कुरा गर्दै भने, ‘प्रदेश प्रमुख सुमित्रा भण्डारीज्यूलाई मन्त्रिपरिषद् पुनर्गठन गरेको पत्र बुझाइसकेको छु, ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरिएको छ । अब केही बेरमा प्रदेश प्रमुखको कार्यालयबाट त्यो पत्र सार्वजनिक हुनेछ ।’
केन्द्रमा नयाँ समीकरण बनेपछि उक्त समीकरण अनुसार प्रदेशबाट माओवादी, एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् ।
माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेली मुख्यमन्त्री सिंहले हटाएका हुन् । यसैगरी मुख्यमन्त्री सिंहले नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई आज बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरूमा आजै कांग्रेस र लोसपालाई दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ भने लोसपाको अहिलेसम्म टुङ्गो लागेको छैन ।
स्रोतका अनुसार लोसपाले २ वटा मन्त्रालय मागिरहेको छ । तर मुख्यमन्त्रीज्यूले एउटा लिएर सरकारमा सहभागी हुन अनुरोध गरिरहेको बताइएको छ । त्यसकारण भागबन्डामा सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ ।
यसैबिच मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्दा बर्खास्त गरिएका दलहरूलाई धन्यावाद ज्ञापन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा बर्खास्तको पत्र बुझाउनु अघि एक पत्रकार सम्मेलन गरी अहिलेसम्म सरकारमा सहभागी भएका ४ वटै दललाई धन्यवाद ज्ञापन गरेका हुन् ।
पत्रकार सम्मेलनमार्फत उनले भने, ‘अहिलेसम्म मलाई सबैलाई सहयोग गर्नु भएको छ, त्यसमा कुनै शङ्का छैन । तर राजनीतिक परिस्थितिका कारण समीकरण परिवर्तन गर्नु परेको छ । त्यही कारण यो अवस्था सृजना भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेश सभाका सांसदहरूलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
-
कोशी प्रदेश : माओवादी केन्द्रद्वारा उपचार सहायता दिनुपर्ने माग
-
सशस्त्र युद्धको बेला बेपत्ता महिलाको अन्त्येष्टि, काजकिरियामा बसे ८३ वर्षीय वृद्ध
-
जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सचिव घुससहित पक्राउ
-
अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने
-
पूर्वमुख्यमन्त्री कार्कीले भने– निषेधित क्षेत्र बाहिरै अनसन बस्छु