बागमती र कोइली नदीको बाढी ‘डेन्जर’ तहमा, भोलिसम्म सतर्क रहन विभागको आग्रह
काठमाडौँ । गएरातिदेखि देशका विभिन्न भागमा भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण ठुला तथा सहायक नदी, खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार रुपन्देहीको कोइली नदी र काठमाडौँको बागमतीले नदी किनार नाघ्ने गरी भीषण बाढी बढेको छ ।
विभागले यी दुई नदीले खतराको तहभन्दा पनि बढी तह पार गरेको जनाएको छ । कोइली नदीमा बाढीले ५ दशमलव ६५ मिटर पार गरेको छ भने बागमतीले ४ मिटर तह पार गरेको छ । यी नदी आसपासका बस्ती, सडक तथा खेतबारीमा सतर्कता अपनाउन विभागले भनेको छ ।
विभागका हाइड्रो इन्जिनियर सुमित अधिकारीले काठमाडौँ उपत्यकामा रहेका बल्खु, धोवीखोला, विष्णुमती, मनोहरा, हनुमन्ते खोलामा बाढीको जल सतह खतराको तहमा रहेको जानकारी दिएका छन् ।
यस्तै गण्डकी प्रदेशको लमजुङ लगायतका जिल्लाहरूमा साना तथा सहायक खोलाहरूमा बाढीको मात्रा बढिरहेको, लुम्बिनी प्रदेशका जिल्लाहरूमा पनि भारी वर्षा भएकोले ठुला तथा साना नदीहरूमा बाढी बढिरहेकोले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
भोलीसम्म वर्षा जारी रहने सम्भावना रहेकोले यी क्षेत्रहरूमा सतर्कता अपनाउन अधिकारीले आग्रह गरे । यस्तै नारायणी नदी, मेलम्ची नदीमा पनि बाढीको अवस्था खतराको तहमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण