‘माइली’बाट अभिनयमा डेब्यु गर्दै गायिका कमला घिमिरे

काठमाडौँ । एक समय बाल गायिकाको रूपमा चर्चित कमला घिमिरे फिल्म अभिनयमा देखिने भएकी छन् । उनले फिल्म ‘माइली’बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा कलाकारको रूपमा घिमिरे अनुबन्धित भएका निर्देशक बाबू साहेब बलामीले बताए । फिल्ममा उनको भूमिका अहिले खुलाइएको छैन ।
फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको कमलाले बताइन् ‘जसरी गीत संगीतको क्षेत्रमा माया पाएको छु । त्यसरीनै फिल्ममा पनि माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु’ घिमिरेले थपिन् ।
फिल्म युनिटले कमलाको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर लुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? भन्ने कथामा बन्न लागेको फिल्मको असारको अन्तिमबाट छायाङ्कन हुनेछ । फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा छायाङ्कन हुनेछ ।
फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्वाद र राजेन्द्र बजगाईको सङ्गीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ
-
सशस्त्र र नेपाल प्रहरीको विधेयकमा आधा दर्जन ‘दोहोरोपन’
-
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’