‘माइली’बाट अभिनयमा डेब्यु गर्दै गायिका कमला घिमिरे
काठमाडौँ । एक समय बाल गायिकाको रूपमा चर्चित कमला घिमिरे फिल्म अभिनयमा देखिने भएकी छन् । उनले फिल्म ‘माइली’बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा कलाकारको रूपमा घिमिरे अनुबन्धित भएका निर्देशक बाबू साहेब बलामीले बताए । फिल्ममा उनको भूमिका अहिले खुलाइएको छैन ।
फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको कमलाले बताइन् ‘जसरी गीत संगीतको क्षेत्रमा माया पाएको छु । त्यसरीनै फिल्ममा पनि माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु’ घिमिरेले थपिन् ।
फिल्म युनिटले कमलाको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर लुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? भन्ने कथामा बन्न लागेको फिल्मको असारको अन्तिमबाट छायाङ्कन हुनेछ । फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा छायाङ्कन हुनेछ ।
फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्वाद र राजेन्द्र बजगाईको सङ्गीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण