गोल्डन बुटको रेसमा गाक्पो अग्रस्थानमा, पछ्याउँदै बेलिङहम र केन

काठमाडौँ । युरो २०२४ को क्वार्टरफाइनल खेलहरू समाप्त भएका छन् । सेमिफाइनलको समीकरणअनुसार बुधबार स्पेनले फ्रान्सको र बिहीबार नेदरल्यान्ड्सले इंग्ल्यान्डको सामना गर्नेछ ।
खेल अन्तिम चरणमा प्रवेश गरिरहँदा सर्वाधिक गोलकर्ताले पाउने गोल्डन बुटको दौड निकै रोचक देखिएको छ । चार जना खेलाडीहरूले हालसम्म सर्वाधिक ३–३ गोल गरेका छन् । यसमध्ये नेदरल्यान्ड्सका कोडी गाक्पोमात्र दौडमा कायम छन् ।
जर्जियाका जर्जेस मिकाउटाड्जे, जर्मनीका जमाल मुसियाला र स्लोभाकियाका इभान सरान्ज प्रतियोगिताबाट बाहिर भइसकेका छन् । गाक्पोलाई स्पेनका डेभि ओल्मो र फाबियन रुइज, इंग्ल्यान्डका जुड बेलिङहम र ह्यारी केन तथा नेदरल्यान्ड्सकै डोनयेल मलेनले पछ्याइरहेका छन् । सबै खेलाडीले २–२ गोल गरेका छन् ।
उनीहरूबाहेक स्विटजर्ल्यान्डका ब्रिल एमबोलो, रोमानियाका राजभान मरिन, जर्मनीका फ्लोरियन व्रिट्ज, काई हाभर्ट्ज र निकलास फुलक्रुग तथा टर्कीका मेरिह डेमिरलले पनि २–२ गोल गरेका छन् । तर, यी खेलाडीहरू प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
प्रतियोगितामा हालसम्म १ सय ८ गोल भएका छन् । प्रत्येक खेलमा गोलको औसत २.२५ गोल रहेको छ । प्रत्येक ४० मिनेटमा एक गोल भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज