कांग्रेस–एमालेको संयुक्त विज्ञप्ति : मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह
आइतबार, २३ असार २०८१, १९ : ००
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् । आइतबार कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नेता र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।
एमालेले सुदूरपश्चिम सरकारबाट बिहीबार समर्थन फिर्ता लिएर मन्त्रिपरिषदबाट बाहिरिएको थियो ।
कांग्रेस–एमालेले सरकारले बहुमत गुमाइसकेकाले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन मुख्यमन्त्री सोडरीलाई आग्रह गरेका छन् ।
कांग्रेस र एमाले केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा पनि दुई दलले नयाँ सरकार बनाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण