सप्तकोशीमा पानीको बहाव घट्दै
विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । आइतबार साँझ ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा सप्तकोशीको बहाव ३ लाख ७६ हजार ३३५ क्यूसेक रहेको छ ।
आइतबार दिउँसो ३ बजेको मापन अनुसार उक्त नदीको बहाव ३ लाख ९३ हजार ७१५ पुगेको थियो ।
दिउँसो १ बजे ३ लाख ८६ हजार ७३५ क्यूसेक थियो । ब्यारेजको क्षमता ९ लाक क्यूसेक भएपनि बालुवा थुप्रिएको कारण ४ लाख क्यूसेक भन्दा बढी पानीको बहाव भए खतरा मानिने विज्ञहरू बताउँछन् ।
आइतबार बिहान ९ बजेको मापन अनुसार ३ लाख ६८ हजार क्यूसेक पानी रहेको भएपनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्याजेरका ५६ वटै ढोका खोलिएका छन् । आइतबार बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्यूसेक थियो । ८ बजे बढेर ३ लाख ४९ हजार क्यूसेक पुगेको थियो । तीव्र रूपमा बढिरहेको पानीको बहाव साँझदेखि भने घट्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण