कर्णाली राजमार्ग खुल्न सकेन, माथिल्लो कर्णालीमा यातायात ठप्प
सुर्खेत । कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । शुक्रबारदेखिको अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको राजमार्ग अझै खुल्न नसकेको हो ।
राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, को एस मोडमा गएको पहिरो अझै पन्छाउन सकिएको छैन । ठुलो पहिरो गएको र आइतबार बेलुकासम्म पनि पानी परिरहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले त्यहाँ अहिले मेसिनले पहिरो पन्छाउने काम भइरहेको बताए । ‘आज बेलुकासम्म पहिरो पन्छाउने लक्ष्य हो तर आज सकिने अवस्था न्यून छ,’उनले भने, ‘भोलिसम्म पानी परेन भने पहिरो पन्छाएर सडक खुल्ने सम्भावना रहन्छ । फेरि वर्षा भयो भने पुनः पहिरो जाने सम्भावना छ ।’
यस्तै राजमार्ग अन्तर्गत गगने खोलाको पहिरो पनि हटाउने कार्य भइरहेको छ । सडक डिभिजन कार्यालयसँग मेसिनहरु सीमित मात्रामा भएकोले काममा ढिलाइ भएको हो । स्थानीय तह र प्रदेश सरकारबाट अवरुद्ध सडकको अवरोध हटाउने कार्यमा थप सहयोग हुनुपर्ने र काम छिटो–छरितो बनाई यातायातका साधन सञ्चालन गर्नेतिर ध्यान दिनुपर्ने यातायात व्यवसायीहरू बताउँछन् ।
प्रहरीका अनुसार कर्णाली करिडोरको पहिरो पनि पन्छाउने काम भइरहेको छ । करिडोर अन्तर्गत रङ्गिल र फकोटमा पहिरोले सडक अवरुद्ध गरेको थियो ।
सडक अवरुद्ध भएसँगै शुक्रबारदेखि माथिल्लो कर्णालीमा यातायातका साधनहरू सञ्चालन हुन पाएका छन् । कतिपय मालवाहक सामाग्री लिएर गएका सवारी साधनहरूबिच बाटोमा अलपत्र अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
-
चीनको निर्यातमा उल्लेख्य वृद्धि
-
गायक तथा सङ्गीतकार वसन्त थापा मगरले ल्याए गीत ‘बसौँ हजुर’
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण