युभेन्टसले प्रेमी–प्रेमिकालाई नै गर्यो अनुबन्ध
काठमाडौँ । युभेन्टसले फुटबल जोडीलाई नै आफ्नो क्लबमा भित्र्याएको छ । केही समयअघि ब्राजिलियन डगलस लुइसलाई अनुबन्ध गरेको इटालियन क्लबले स्विस खेलाडी एलिसा लेहमानलाई महिला टोलीमा भित्र्याएको हो ।
लुइस र लेहमान प्रेमी–प्रेमिका हुन् । २५ वर्षीया लेहमानले युभेन्टससँग ३ वर्षको करार गरेकी छन् । यसअघि क्लबले ५ करोड युरोमा एस्टन भिल्लाबाट लुइसलाई अनुबन्ध गरेको थियो । लेहमानले गत सिजन भिल्लाका लागि लिगमा मात्र १५ खेल खेलेकी थिइन् ।
सिजनको लामो समय चोटग्रस्त रहेकी उनले २ गोल मात्र गरेकी थिइन् । यसका बाबजुद उनको क्षमतालाई ध्यानमा राख्दै प्रशिक्षक मासिमिलानो कान्जीले उनलाई अनुबन्ध गरेका हुन् ।
‘डलगस र म एउटै क्लबमा हुन पाउनु भनेको सपना जस्तै हो,’ लेहमानले भनिन्, ‘हामीले धेरै पटक फरक सहरमा खेलेका थियौँ । नयाँ यात्रा एउटै ठाउँबाट अघि बढाउन पाउनु अद्भुत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण