अम्बानीबाट कसले धेरै पैसा लगे, रिहान्ना कि जष्टिन बिबर ?
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको घरमा कान्छो छोराको बिहेको माहौल सुरु भइसकेको छ । बिहे अघिका दुई ओटा प्रि–वेडिङ समारोहको जति चर्चा भएको थियो, बिहेको पनि उत्तिकै चर्चा चलिरहेको छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको सङ्गीत सेरेमनीको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
मार्च १ मा जामनगरमा पहिलो प्रि–वेडिङ समारोह भएको थियो । यसमा पप गायिका रिहान्नाले शानदार प्रस्तुति दिएकी थिइन् । सङ्गीत समारोहमा भने ग्लोबल स्टार सिंगर जष्टिन बिबर आए । रिहान्ना विश्वको सबैभन्दा महंगी पप गायिका मध्येमा पर्छिन् । उनको नेटवर्थ करिब १ अर्ब ४० करोड डलर छ । यसमा गायिकाले स्टेज शो बाट गर्ने कमाइको साथसाथै उनको कम्पनीबाट हुने आय पनि छ ।
खबरका अनुसार प्रि–वेडिङमा प्रस्तुतिका लागि रिहान्नालाई अम्बानी परिवारले ७४ करोड भारु फिस दिएका थिए । जष्टिन बिबरलाई पनि बिहेमा ठुलो रकम खर्चेर बोलाइएको छ । खबरका अनुसार बिबरले मुकेशको घरको बिहेमा गाउन १ करोड डलर (अर्थात् ८३ करोड भार) शुल्क लिएका छन् । बिबरले सङ्गीत सेरेमनिका केही फोटो आफ्नो इन्ष्टाग्राम एकाउन्टमा पनि शेयर गरेका थिए ।
एउटा फोटोमा बिबर हुनेवाला बेहुला अनन्त अम्बानी र हुनेवाली बेहुली राधिका मर्चेन्टको साथमा देखिएका छन् । बिबर झन्डै ४८ करोड ५० लाख डलर सम्पत्तिका मालिक हुन् । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कान्छा छोराको बिहे १२ जुलाईमा हुँदैछ । यतिबेला धमाधम बिहेका अन्य संस्कार भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण