बाइडेनको तन्दुरुस्तीको बचाउमा उत्रियो ह्वाइट हाउस
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था र तन्दुरुस्तीको बचाउमा उत्रिएको छ । जो बोइडेनको मानसिक स्वास्थ्य ठिक नरहेको अफवाहहरू उठिरहँदा ह्वाइट हाउस उनको बचाउमा उत्रिएको हो । बाइडेनले पनि आफ्नो स्वास्थ्य अवस्थाप्रति शंका गर्नेहरूलाई कि आफूलाई चुनौती दिन होइन भने आफ्नो उम्मेदवारीमा एकमत भएर उभिन चेतावनी दिएका छन् ।
८१ वर्षका बाइडेनले हालै एक टिभी अन्तरर्वातामा आफू कतै पनि नजाने र राष्ट्रपतिको चुनावमा उमेदवारको रुपमा डटेर उभिने बताएका थिए । त्यसपछि आयोजित एक पत्रकार सम्मेलनमा राष्ट्रपतिकी प्रवक्ताले बाइडेन नखुलाइएको रोगबाट ग्रस्त रहेको धारणाको खण्डन गरेकी थिइन् ।
जुन २७ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पहिलो प्रत्यक्ष बहसमा बाइडेनले निराशाजनक प्रदर्शन गरेपछि उनको मानसिक स्वास्थ्य ठिक छैन कि भन्ने प्रश्नहरू उठिरहेका छन् । केहीले बाइडेनलाई पार्किन्सन्स भएको बताइरहेका छन् । यो हप्ता पनि ती प्रश्नहरू मत्थर हुने देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण