रास्वपा विवाद
मुकुललाई पुनरावेदनका लागि रास्वपाले दियो ३५ दिनको समय
मङ्गलबार, २५ असार २०८१, १२ : ५४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीले डा मुकुल ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ । मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीय जिम्मेवारीबाट मुक्त गराएको हो ।
पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय समितिले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट पदमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
झाका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा ढकालले पुनरावेदनका लागि निवेदन दिन सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु