भाखा नागेका ऋणीलाई एनआईसी एशियाले साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने
काठमाडौँ । एनआईसी एसिया बैंकले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ ।
देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।
जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्ष भन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
यस्तै भाखा नाघेको ९१ दिनदेखि १८० दिन र १८१ दिनदेखि ३६५ दिनसम्म भएका ऋणीले साधारण ब्याज रकममा क्रमशः १५ र २५ प्रतिशत छुट पाउनेछन् ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण