लम्की नगरपालिकाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको बजेट
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ ।
नगरप्रमुख सुशिला कुमारी शाहीको अध्यक्षतामा मंगलबार बसेको नगर सभाको १३ औँ अधिवेशनमा नगर उपप्रमुख जुना कुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख चौधरीले चालूतर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगततर्फ ४० करोड २६ लाख ४० हजार गरी कुल १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
लम्कीचुहा नगरपालिकाको बजेट १५ दिन ढिला आएको हो । कानुनी प्रावधान अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने व्यवस्था छ । तर नगर प्रमुख शाही बजेट ल्याउने बेला वैदेशिक भ्रमणको क्रममा डेनमार्क गएपछि बजेट ल्याउन सकिएको थिएन ।
नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित भएको थियो । तर बजेट आउन नसकेपछि नगरप्रमुख शाहीको आलोचना भएको थियो । नगरपालिकाको बजेट कार्यक्रम भन्दा उनको प्राथमिकतामा भ्रमण परेको भन्दै आलोचना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण