हलिउड अभिनेता निकोलस केजले गरे संन्यासको घोषणा
लस एन्जलस । हलिउड अभिनेता तथा निर्माता निकोलस केजले अभिनयबाट संन्यास लिने घोषणा गरेका छन् । बहुमुखी अभिनय क्षमताका लागि परिचित अभिनेताले हालै अभिनयबाट संन्यास लिने र हलिउडमा आफ्नो भविष्यको बारेमा कुरा गरेका थिए ।
यसै क्रममा उनले अभिनयबाट संन्यास लिने योजनालाई यथार्थमा परिणत गर्ने दिशामा अघि बढेको बताएका थिए ।
निकोलसले सन् २०२३ मा एक अन्तरवार्तामा आफू अभिनयबाट संन्यास लिने योजनामा रहेको बताएका थिए । यद्यपि, उनको हातमा अझै तीन/चार वटा फिल्म छ । यी फिल्म सकिएपछि उनले अभिनयबाट संन्यास लिनेछन् ।
हालै द न्युयोर्करलाई दिएको एक अन्तरवार्तामा उनलाई यस विषयमा प्रश्न सोधिएको थियो जसको जवाफ दिँदै उनले संन्यासको पुष्टि गरेका थिए । आफू दुई–तीन सहायक भूमिका र तीन–चार मुख्य भूमिकामा देखिने अनि त्यसपछि अभिनयबाट संन्यास लिने बताए ।
कुराकानीको क्रममा उनलाई आफ्नो कुनै पनि फिल्म नहेरेका व्यक्तिलाई आफ्नो कुन फिल्म हेर्न सिफारिस गर्नु हुन्छ भनेर सोधिएको थियो । यसको जवाफ अभिनेताले पिग फिल्मको नाम लिएका थिए ।
अभिनय करियर चिप्लो ढलानजस्तै भएको अनि आफूले पहिलाको जस्तो प्रदर्शन गर्न नसक्ने भन्दै आफ्नो काम दर्शकहरूलाई मन पर्न छाड्नु अघि नै आफूले अभिनयबाट बिदा लिन चाहेको निकोलसले बताएका छन् ।
यसका लागि उनले शार्कको उदाहरण दिएका थिए । दर्शकहरूलाई यो शार्क रबरको पो रहेछ भन्ने लाग्नु अघि नै बिदा लिनु पर्ने उनले बताएका छन् । फिल्मबाट जे जे भन्नु पर्ने हो ती सबै भनिसकेको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण