रुसद्वारा ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी
मङ्गलबार, २५ असार २०८१, २० : ५०
मस्को । रुसी सेनाले सीमा नजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ ।
मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भने, “युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठुलो प्रयास सुरु गरेको थियो ।”
सन् २०२२ फेब्रअुरी सुरु भएको रुस–युक्रेन युद्धमा दुवै पक्षले व्यापक मात्रामा ड्रोन प्रयोग गरिरहेका छन् । युद्धमा दुवैतर्फबाट सयौँ किलोमिटरको दूरीमा आक्रमण गर्न सक्ने क्षमताका ‘स्व–विस्फोटक’ ड्रोन पनि समावेश गरिएको जनाइएको छ ।
युक्रेनले यस वर्ष रुसमाथिको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले प्रयोग गरिरहेका ‘इनर्जी साइट’, सिमानाका सहर र गाउँ लक्षित आक्रमण गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मेमा युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा आक्रमण सुरु गरेको बताए । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण