सेमीफाइनलमा फ्रान्स पराजित, स्पेन युरोकपको फाइनलमा
काठमाडौँ। फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो ।
स्पेनलाई फाइनल पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि पर्याप्त हुन सकेन।
खेलको नवौँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।
त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो। स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण