पूर्वराजा शाहको जन्मदिनमा गायक निशान भट्टराईले दिए सांगीतिक प्रस्तुति
काठमाडौँ । गायक निशान भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा साङ्गीतिक प्रस्तुति दिएका छन् । उनले शाहको जन्मदिनको सेलिब्रेसन कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिएका हुन् ।
शाहले नगरकोटको होटल सोल्टी वेस्टेन रिसोर्टमा जन्मदिन सेलिब्रेसन गरेका थिए । सो क्रममा आइतबार साँझको डिनर समय अगाडि म्युजिक लाइभ कार्यक्रम आयोजना भएको थियो । शो कार्यक्रममा प्रस्तुति दिन भट्टराईलाई निम्त्याइएको थियो ।
कार्यक्रममा पूर्वराजा शाह, पूर्वरानी कोमलको अलवा राजपरिवारका अन्य सदस्य तथा आफन्तको मात्र उपस्थिति रहेको थियो । लाइभ साङ्गीतिक वाद्यवादन सहित गायक भट्टराईले त्यहाँ साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा गायक भट्टराईले करिब २ घन्टा हिन्दी, नेपाली नयाँ तथा पुराना गीत गरेर करिब २० गीत मार्फत सबैलाई झुमाएका थिए ।
पूर्वराजाको फ्यामिली ग्यादरिङमा आफूले साङ्गीतिक प्रस्तुति दिन पाउँदा निकै खुसी लागेको गायक भट्टराईले बताए ।
‘मैले जति समय साङ्गीतिक प्रस्तुति दिए । उहाँहरुले सबै प्रस्तुति ध्यान दिएर सुन्ने शब्द मनन गर्ने र संगीतमा रमाउने गर्नुभयो’, भट्टराई ले भने, ‘उहाँले गीत सकिँदा दिएको एक्सप्रेसन हेर्दा खुसी भएको सजिलै अनुमान गर्न सकिन्थ्यो ।’ कार्यक्रममा केही ठट्यौली गीतसमेत प्रस्तुत गरेका भट्टराईले उक्त गीत सुनेर शाह हाँसेको समेत सुनाए ।
‘मेरो लागि त्यो क्षण निकै अविस्मरणीय छ । किनभने मैले सानोमा नेपाल सरकारमा फेरबदल हुँदादेखि विभिन्न मुभमेन्टमा तत्कालीन राजाको बारेमा सुन्दै आएको थिएँ । त्यो अनुसार राजाको विषयमा मेरो जीवनमा एउटा महत्त्वपूर्ण छबि थियो । उहाँ एउटा इतिहास पनि हो’, उनले थपे ‘पूर्वराजा परिवारको अगाडि गएर एक्लै गाउन पाउनु नै ठुलो कुरो हो ।’
निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण