ईश्वरीप्रसादका दुई कृति एकसाथ सार्वजनिक
काठमाडौँ । स्रष्टा ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहबिच उनका दुई कृति लामो कविता ‘अर्पण’ र गजल संग्रह ‘कसको आँखा लाग्यो’ एकसाथ सार्वजनिक भएको हो ।
इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, कीर्तिमानी सर्जक डा.डीआर उपाध्याय, महाकाव्याकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा नेपाल साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलाकार लय सङ्ग्रौला, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, टेकराज भुसाललगायतले कृतिको लोकार्पण गरे ।
स्रष्टा ईश्वरीकै जन्मदिन पारेर मिलाप पब्लिकेशनले आयोजना गरेको कार्यक्रममा यी कृति सार्वजनिक गरेको हो । सो अवसरमा स्रष्टा भुसाललाई तारकेश्वर कला प्रतिष्ठान ब्राण्ड यू पिक्चर्स, डीआर म्युजिक एण्ड क्रियशन र युथ क्रियशनले सम्मान समेत गरेको थियो ।
प्राडा.केसीले मोफसलमा रहेका स्रष्टाहरूले पनि राम्रा कृति प्रकाशन गरिरहेको बताए । समसामयिक राजनीतिप्रति टिप्पणी गर्नुभएका प्राडा.केसीले देशको राजनीति दिनप्रतिदिन संकटोनुमुख हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सर्जक भुसालले आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनुपर्दाको पीडाले अहिले चारवटा कृति प्रकाशनमा आएको र अन्य केही पाण्डुलिपि तयार रहेको बताए ।
स्रष्टा भुसालका यसअघि ‘विरह पुष्पाञ्जली’ खण्ड काव्य र ‘विरह व्याथा’ कविता संग्रह प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण