मोदीको रुस भ्रमणबारे ह्वाइट हाउसले के भन्यो ?
वाशिङटन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको रुस भ्रमणले विश्वको राजनीति तरङ्गित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मोदीको भेटघाटबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि आफ्नो प्रतिक्रिया दिएको छ । रुसलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने क्षमता भारतसँग भएको ह्वाइट हाउसको भनाइ छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारिन जीन पियरेले भनेकी छिन्, ‘भारत र रुसबिच लामो र घनिष्ठ सम्बन्ध छ, यसले बिना कारणको अनि क्रूर युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्न सक्ने क्षमता भारतलाई दिएको छ ।’
भारत अमेरिकाको एउटा रणनीतिक साझेदार भएको अनि उसँग आफूहरू पूर्ण र खुला रूपमा कुरा गर्ने पनि उनले बताएकी छिन् । यसमा भारत–रुस सम्बन्ध पनि रहेको र यसबारे आफूहरूले पहिला नै कुराकानी गरिसकेको पनि उनको भनाइ छ ।
‘महत्त्वपूर्ण कुरा के हो भने, भारतलगायत सबै देशहरूले युक्रेनको मुद्दामा दिगो र न्यायपूर्ण शान्तिको प्रयासलाई समर्थन गर्छन् । राष्ट्रपति पुटिनले युद्ध सुरु गरेका छन्, उनले यसलाई अन्त्य पनि गर्न सक्छन्’ पियरे भन्छिन् ।
मोदी र राष्ट्रपति पुटिनले एक अर्कालाई अंकमाल गरेको तस्बिर सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निराशा व्यक्त गरेका थिए । त्यसपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रेस सचिव पियरेले यी कुराहरू भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण