विराटनगरको पुँजीगत खर्च ६५ प्रतिशत
_VvP18q41gK.jpg)
विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ ।
नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबिचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको प्रमुख नागेश कोइरालाले बताए । ‘जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र उपभोक्ता समितिहरूको सक्रियताले नै पुँजीगत खर्चमा सुधार आएको हो,’ मेयर कोइरालाले भने, ‘आगामी आर्थिक वर्ष यसमा अझै सुधार गर्नेछौँ ।’ चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । १ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।
महानगरले वित्तीय व्यवस्थापनतर्फ ५ करोड विनियोजन गरेकामा ४ करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत आर्थिक वर्ष ६४ प्रतिशत खर्च गरेको थियो । महानगरले ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको लेखा शाखाका प्रमुख संजीव भट्टराईले जानकारी दिए । ६ वटा महानगरमध्ये काठमाडौँ महानगरले सबैभन्दा कम पुँजीगत खर्च गरेको छ । काठमाडौँले ५१ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा