मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
बिहीबार, २७ असार २०८१, ०८ : ००

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।
पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।
सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’
-
'राइड सेयरिङ'को विरोधमा गण्डकीका १५ हजार सार्वजनिक यातायात थन्किए
-
कप्तानका रूपमा ब्रुकको सुखद सुरुवात, इंग्ल्याण्डको शानदार जित
-
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
-
राष्ट्रिय परिचयपत्र डिजिटल बनाइँदै, कार्ड छाप्ने काम बन्द गर्ने तयारी
-
हमासद्वारा अमेरिकाको युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव अस्वीकार