प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जारी गरेको निर्देशनमा भनिएको छ ।
नेकपा एमालेले पनि यसअघि नै विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने भएपनि उनले बहुमत नपाउने निश्चित छ । गत असार १७ मा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान