विपद्को पूर्व तयारीमा तल्लो तहसम्म परिचालन गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विपद्का कारण हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तल्लो तहसम्म सुरक्षा युनिटहरू परिचालन गर्न निर्देशन दिएका छन्।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशस्थित सुरक्षा प्रमुखहरूको आकस्मिक बैठकमा मुख्यमन्त्री कँडेलले यस्तो निर्देशन दिएका हुन् ।
विपदमा हुने क्षति न्यूनीकरणमा तल्ला तहका युनिटहरू सक्रिय भएमा ठुलो क्षतिबाट जोगाउन सकिने उनले बताए । यस्तो बेलामा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने हुँदा उपलब्ध साधन श्रोत र जनशक्तिलाई तयारी अवस्था रहन समेत कँडेलले निर्देशन दिए । प्रदेश सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म विपद्को लागि आफ्ना संरचनाहरू परिचालन गर्ने उनको भनाइ थियो ।
‘जोखिम न्यूनीकरण तथा राहत र उद्वारमा सरोकारवाला निकाय तथा विकास साझेदारहरूले पनि आफ्ना संरचनाहरूलाई प्रभावकारी ढङ्गले परिचालन गर्नुपर्छ,’ उनले भने । यस वर्ष कर्णालीमा अहिलेसम्म अन्यत्र जस्तो जोखिम नदेखिएको तर सम्भावित खतरासँग जुध्न सुरक्षा निकायहरूबिच समन्वयकारी भूमिका आवश्यक रहेको उनले बताए।
आकस्मिक बैठकमा प्रमुख सचिव चूडामणि भट्टराई, पश्चिम पृतना नेवारेक उपरथी कृष्ण भट्ट, नेपाल प्रहरीका डीआइजी अर्जुन चन्द ठकुरी, सशस्त्र प्रहरीका डीआइजी दुर्गाप्रसाद भट्टराई राष्ट्रिय अनुसन्धान प्रदेश प्रमुख माधव तिमिल्सेना लगायतको उपस्थित थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण