चितवन दुर्घटना
दुर्घटनास्थलमा बसको पर्दा र ट्रयाकसुट फेला
शुक्रबार, २८ असार २०८१, १९ : ५०
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा डिलक्स गाडी हराएको ठाउँमा बसको पर्दा भेटिएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्सको पर्दा घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातापाटीलाई बताए ।
घटनास्थल नजिकै करिब १० वर्षको बच्चाको ट्रयाकसुट पनि भेटिएको डीएसपी रिजालले बताए । घटनास्थलमा बसको खोजी गर्न ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी र सेनाका २८ जना गोताखोरले घटनास्थल भन्दा २ सय मिटर तलको क्षेत्रमा शुक्रवार दिनभर खोजी गरे । दिनभर खोजी गर्दा बस फेला नपरेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।
अँध्यारोका कारण शुक्रवार खोजीकार्य स्थगित गरिएको छ । शनिबार बिहानै देखि पुनः खोजी कार्य सुरु गरिने डीआईजी केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण