उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु
शनिबार, २९ असार २०८१, १२ : २२

भियतनाम । उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ । हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो ।
उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ ।
उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् । भ्यानमा सवार अन्य ६ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको राज्य सञ्चार माध्यमले जनाएको छ । उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
राज्य सञ्चार माध्यमले प्रसारण गरेको तस्बिर र भिडियोहरूले एम्बुलेन्स र सयौं उद्धारकर्मीहरू घटनास्थलमा खटिएका देखिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता