मानवीय क्षेत्रमा इजरायलको आक्रमण : कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु
शनिबार, २९ असार २०८१, २१ : ४३
गाजा । इजरायली सेनाले गाजाको खान युनिसको अल-मवासी क्षेत्रमा हवाई आक्रमण गरेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित मानिसहरूको घना बसोबास भएको क्षेत्रमा इजरायली आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको छ। योसँगै २८९ जनाभन्दा बढी घाइते भएका छन् ।
इजरायली सेनाले यस क्षेत्रलाई सुरक्षित क्षेत्रको रूपमा तोकेको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन आग्रह गरेको थियो। इजरायली सेनाले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
इजरायली मिडियाका अनुसार सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गर्न यो हमला गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण