‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण
पाटन । पूर्वउपसचिव धनविक्रम सिंहद्वारा लिखित ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण गरिएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा कुलप्रसाद कोइरालाले पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक विमोचन गर्दै पूर्वउपकूलपति कोइरालाले ८२ वर्षको उमेरमा पनि पुस्तक लेखेर पूर्वउपसचिव सिंहले समाजलाई अमूल्य र गहनशील विषय प्रस्तुत गर्नुभएको बताए । “लेखन शैली र पठन संस्कृतिले मानिसका कोशिकाहरूको पनि वृद्धि हुन्छ, पुस्तक लेख्नु भनेको जन्मिएको प्रमाण युगौँयुगसम्म पृथ्वीमा छोड्नु हो”, उनले भने ।
यस्तै, नेपाल सरकारका पूर्वसचिव शम्भु कोइरालाले मान्छेको आत्मसम्मानमा किताबले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै लेखनले शान्तिसमेत दिने धारणा राखे ।
सामाजिक व्यक्तित्व डा.ताराबहादुर कुँवरले लेखकसँग पारु किताब विमोचनका समयमा चिनजान भएको स्मरण गर्दै किताबको शक्तिले मानिसलाई समाजमा परिचित गराउने धारणा राखे । साहित्यकार तथा पत्रकार विनोद दाहालले लेखकको तेस्रो पुस्तकमा नेपालको राजनीति, आर्थिक, सामाजिक क्षेत्रका विषयवस्तु समेटिएको र यो सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
पुस्तकका लेखक धनविक्रम सिंहले आफूले श्री ५ को सरकार र नेपाल सरकारको सेवा गर्ने अवसर पाएको स्मरण गर्दै कोरोनाको बेलादेखि लेख्न थालेका कुराहरूलाई पुस्तकमा उतारिएको बताए ।
“सेवा गर्ने क्रममा धेरै जिल्लामा सेवा गर्न पाएँ, त्यसबाट धेरै कुरा सिकाइ र अनुभव पनि भयो । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दासम्म भ्रष्टाचार, अधिनायकवादी चरित्र, संसद् भङ्गलगायत घटनाहरू पनि देखिँयो । हिजो दरबारको प्रभाव र दबाब हुन्थ्यो तर अहिले त्यो छैन, यी कुराहरुलाई पनि पुस्तकमा समेट्ने प्रयास गरेको छु”, उनले भने ।
नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त भएका सिंहले यसअघि अन्तर्निहित अन्र्तध्वनि, पारु सामाजिक उपन्यास प्रकाशित गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण