कोपा अमेरिका : क्यानाडालाई पाखा लगाउँदै उरुग्वेले सुरक्षित गर्यो तेस्रो स्थान
काठमाडौँ । उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । अमेरिकाको क्यारोलिनामा आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।
सेमिफाइनलमा उरुग्वे कोलम्बियासँग र क्यानडा अर्जेन्टिनासँग पराजित भएपछि तेस्रो स्थानको भिडन्तमा उत्रिएका थिए । निर्धारित ९० मिनेटको समयमादुवै टिमले दुई दुई गोलको बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
सुरुआती अग्रता उरुग्वेले लिएपनि अग्रता जोगाउन असफल भएको थियो । एक समय पछि परेको अवस्थामा अतिरिक्त समयका दोस्रो मिनेटमा लुईस सुवारेजले गोल गर्दै खेल पेनाल्टीमा लगेका थिए ।
आठाैँ मिनेटमा रोड्रिगो बेन्टकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा क्यानडाका स्मेल कोनले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याएका थिए ।
८० औँ मिनेटमा क्यानडाले अग्रता लिएको थियो । जोनाथन डेभिडले गोल गरेपछि क्यानडा २–१ ले अघि बढ्यो । तर, अतिरिक्त समयको दोस्रो मिनेटमा सुवारेजले गोल गर्दै खेल पेनाल्टी सूटआउट लगे र अन्ततः उरुग्वेलाई नै जिताए ।
जसमा उरुग्वेका चार वटै पेनाल्टी गोलमा परिणत हुँदा क्यानडाका ३ खेलाडीको मात्रै बल गोलमा परिणत भयो । उरुग्वेका लागि फेडरिको भाल्भाडे, रोड्रिगो बेन्टकुर, जियोरजियन डेनियल बेन्डिट र लुइस सुवारेजले गोल गरेका थिए ।
उता क्यानडाका जोनाथन डेभिड, मोइस बोमबिटो, म्याथ्यु चियोनिरेले मात्रगोल गर्दा इस्मेल कोने र अल्फानोस डेभिसको प्रहार खेर गरेको थियो । कोपा अमेरिकाको उपाधिका लागि सोमबार विहानअर्जेन्टिना र कोलम्बियाआमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण