वालेटलाई चुनौती दिँदै मोबाइल बैंकिङ, ११ महिनामा साढे ३ खर्बको कारोबार
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।
यो अघिल्लो महिनाको तुलनामा १५ अर्ब २२ करोड ९० लाख रुपैयाँले बढी हो । २०८१ वैशाख मसान्तसम्म २ करोड ३७ लाख ९७ हजार ६८० मोबाइल प्रयोगकर्ताहरू मार्फत ३ खर्ब ३६ अर्ब ५ करोड ८० लाख रुपैयाँ कारोबार (ट्रान्जेक्सन) भएको थियो ।
तथापि, यसै अवधिमा यता अन्य भुक्तानी साधनहरू वालेटहरूबाट भने जम्मा २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । यो २ करोड ३० लाख ३८ हजार २४० वालेट सेवा प्रयोगकर्ताहरूबाट भएको भुक्तानी कारोबार हो ।
तुलनात्मक रूपमा मोबाइल बैङ्किङ प्रयोगकर्ता र अन्य भुक्तानी साधन वालेट प्रयोगकर्ताहरूको सङ्ख्यामा केही हजारले मात्र तलमाथि भए पनि ठुलो भुक्तानी कारोबार भने मोबाइल बैङ्किङमार्फत नै हुने गरेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैङ्कका अनुसार वालेटको तुलनामा झन्डै १२ गुणा बढी भुक्तानी कारोबार मोबाइल बैङ्किङमार्फत हुने गरेको छ ।
अन्य भुक्तानी साधनहरू
राष्ट्र बैङ्कका अनुसार सबैभन्दा बढी कनेक्ट आईपीएसमार्फत समीक्षा अवधिमा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । यसैगरी ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँ, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत ३ खर्ब ४६ अर्ब १५ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् ।
यसैगरी एटीएम कार्डमार्फत ९१ अर्ब ९० लाख रुपैयाँ भुक्तानी कारोबार भएकोमा डेबिटकार्ड र क्रेडिटकार्ड मार्फत क्रमशः ९४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र २ अर्ब ३ करोड ५० लाख रुपैयाँ कारोबार भएका छन् । यसैगरी समीक्षा अवधिमा इन्टरनेट बैङ्किङ सेवामार्फत १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण