मनसुन भित्रिएपछि कास्कीमा १४ जनाको मृत्यु, ६ घर पूर्ण क्षति
पोखरा । मनसुन भित्रिएपछि कास्कीमा १४ जनाको मृत्यु भएको छ । असार महिनाको लगभग १५ दिनको अवधिमा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको हो । गत बिहीबार मात्रै ११ जनाको ज्यान गएको छ । पोखरा १९ पुरुन्चौरको तल्लाकोट ठाँटीमा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ ।
स्थानीय कुलबहादुर परियारको घर पुरिँदा उनीसहित श्रीमती मनकुमारी, आमा लक्षिमा, छोरीहरू प्रशना र प्रभा तथा ज्वाइँ अस्मित परियारको मृत्यु भएको छ । पहिरोका कारण छिमेकी राधिका परियारको पनि ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पोखरा ३२ चैनपुरमा पहिरोले आरती ओझाको घर पुरिँदा छोरीहरू १८ वर्षीय अनिता र ११ वर्षीय अनुस्कासँगै दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भयो ।
मादी ११ तल्लो ताप्लेमा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको छ । यसअघि असार १२ गते पोखरा २७ आरुपाटामा ३ वर्षका अनमोल सुनारको पहिरोमा पुरिएर मृत्यु भएको छ भने सोही दिन मादी ५ मा १३ वर्षकी आयुष्मा रानाभाटको मृत्यु भएको छ ।
असार २५ गते पोखरा २७ सहेलीका २२ वर्षीय भीमबहादुर थापाको पनि पहिरोकै कारण मृत्यु भएको हो । हालसम्म विपद्बाट ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यस अवधिमा जिल्लाभर ४ वटा बाढी, २४ वटा पहिरो, ६ वटा डुबान र ३ वटा कटान भएको छ ।
कास्कीमा बाढी र पहिरोले ६ वटा घर पूर्ण क्षति भएको छ । १० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण