मनसुन भित्रिएपछि कास्कीमा १४ जनाको मृत्यु, ६ घर पूर्ण क्षति
_nlEY6twleL.jpg)
पोखरा । मनसुन भित्रिएपछि कास्कीमा १४ जनाको मृत्यु भएको छ । असार महिनाको लगभग १५ दिनको अवधिमा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको हो । गत बिहीबार मात्रै ११ जनाको ज्यान गएको छ । पोखरा १९ पुरुन्चौरको तल्लाकोट ठाँटीमा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ ।
स्थानीय कुलबहादुर परियारको घर पुरिँदा उनीसहित श्रीमती मनकुमारी, आमा लक्षिमा, छोरीहरू प्रशना र प्रभा तथा ज्वाइँ अस्मित परियारको मृत्यु भएको छ । पहिरोका कारण छिमेकी राधिका परियारको पनि ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पोखरा ३२ चैनपुरमा पहिरोले आरती ओझाको घर पुरिँदा छोरीहरू १८ वर्षीय अनिता र ११ वर्षीय अनुस्कासँगै दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भयो ।
मादी ११ तल्लो ताप्लेमा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको छ । यसअघि असार १२ गते पोखरा २७ आरुपाटामा ३ वर्षका अनमोल सुनारको पहिरोमा पुरिएर मृत्यु भएको छ भने सोही दिन मादी ५ मा १३ वर्षकी आयुष्मा रानाभाटको मृत्यु भएको छ ।
असार २५ गते पोखरा २७ सहेलीका २२ वर्षीय भीमबहादुर थापाको पनि पहिरोकै कारण मृत्यु भएको हो । हालसम्म विपद्बाट ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यस अवधिमा जिल्लाभर ४ वटा बाढी, २४ वटा पहिरो, ६ वटा डुबान र ३ वटा कटान भएको छ ।
कास्कीमा बाढी र पहिरोले ६ वटा घर पूर्ण क्षति भएको छ । १० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर