पाकिस्तानलाई हराउँदै भारतलाई ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स’
आइतबार, ३० असार २०८१, १४ : २१
काठमाडौँ । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स प्रतियोगिताको फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । भारतले पाँच विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो ।
भारतका लागि अम्बाती रायडुले सर्वाधिक रन बनाए । रायुडुले ३० बलमा ५० रनको इनिङ्स खेले । गुरकीरत सिंह मानले ३४ र युसुफ पठानले ३० रनको योगदान दिए । भारतका लागि अनुरित सिंहले सर्वाधिक ३ विकेट लिए ।
पाकिस्तानका लागि आमिर यामिन २ विकेट लिएर सर्वाधिक सफल बलर बने । अम्बाती रायुडु प्लेयर अफ द म्याच र युसुफ पठान प्लेयर अफ द सिरिज चुनिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण