अनमोलले ‘फर्की फर्की’बाट तिरे साढे ७ लाख कर
काठमाडौंँ । अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ अभिनयका लागि पाएको पारिश्रमिकबाट साढे ७ लाख रुपैयाँ कर तिरेका छन् । फिल्मका निर्माता रोहित अधिकारीले पारिश्रमिक र करको रसिद सहित यो जानकारी दिएका हुन् ।
फिल्म अभिनयका लागि अनमोलले ५० लाख पारिश्रमिक लिएको र शो बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) ७ लाख ५० हजार रुपैयाँ नेपाल सरकारले कर तिरेको रसिदमा देख्न सकिन्छ । गत जेठ १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’ मा अनमोलले ५० लाख लिएको चर्चा भएपनि पुष्टि हुने आधार केही सार्वजनिक भएको थिएन ।
त्यसैले अनमोलको पारिश्रमिलाई लिएर बजारमा विभिन्न गसिफ बन्न थालेका थिए । निर्माता अधिकारीले भने रसिद सार्वजनिक गर्दै अनमोलले ५० लाख पारिश्रमिक बुझेको पुष्टि गरेका छन् । ‘फर्कि फर्कि’ सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म हो ।
रोहित अधिकारीले ओम प्रकाश अग्रवालसँगको सहकार्यमा निर्माण गरेको यो फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण