राष्ट्रिय नाचघरमा नाटक अनुत्तर मञ्चन हुँदै
काठमाडौँ । सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म नाटक अनुत्तर मञ्चनमा ल्याउने भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साँझ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन हुनेछ ।
यो नाटकको लेखन तथा निर्देशन राम के.ए.सी.ले गरेका हुन् । यस नाटकको सह–निर्देशन सुशीला लक्ष्मी महर्जनको रहनेछ भने रङ्गकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।
‘पछिल्लो समय, आवाजविहीनहरूको आवाज सत्तालाई कर्कश: लाग्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगिरहेको देश र हाम्रो यथार्थ नै हो,’ आयोजकले भनेका छन्, ‘युवाहरू, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुथ्नु पर्छ, कि त उनले मरुभूमिको यात्रा तय गर्नुपर्ने हुन्छ ।यो नाटक देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैँ हराएका नागरिकता भिरेका अनागरिकहरूको सग्लो तस्बिर हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण