राष्ट्रिय नाचघरमा नाटक अनुत्तर मञ्चन हुँदै

काठमाडौँ । सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म नाटक अनुत्तर मञ्चनमा ल्याउने भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साँझ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन हुनेछ ।
यो नाटकको लेखन तथा निर्देशन राम के.ए.सी.ले गरेका हुन् । यस नाटकको सह–निर्देशन सुशीला लक्ष्मी महर्जनको रहनेछ भने रङ्गकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।
‘पछिल्लो समय, आवाजविहीनहरूको आवाज सत्तालाई कर्कश: लाग्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगिरहेको देश र हाम्रो यथार्थ नै हो,’ आयोजकले भनेका छन्, ‘युवाहरू, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुथ्नु पर्छ, कि त उनले मरुभूमिको यात्रा तय गर्नुपर्ने हुन्छ ।यो नाटक देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैँ हराएका नागरिकता भिरेका अनागरिकहरूको सग्लो तस्बिर हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल