अनन्त अम्बानीले सलमान, शाहरुखसहित २५ जनालाई दिए २ लाख डलरको सुनजडित घडी
मुम्बई । भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन्। अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनि चर्चामा छ ।
विवाहमा राधिका मर्चेन्टले सुनले सजाइएको लेहेँगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोसाकको मूल्य २१४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । अहिले अनन्त अम्बानीले आफ्ना २५ जनाको दुलहाको टोलीलाई विवाहको दिन १.६७ करोड भारतीय रुपैयाँको लग्जरी घडी उपहार दिएको खबर सार्वजनिक भएको छ ।
दुलहाको टोलीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, वीर पहाडिया, सलमान खान, मीजान जाफरी, शिखर पहाडियालगायत थिए । सबैलाई अनन्त अम्बानीले एउटा लग्जरी घडी उपहार दिएका थिए।
अडेमार्स पीगे ब्रान्डको रोयल ओक पर्पेचुअल क्यालेन्डर प्रिमियर वाचको यो सीमित संस्करणको घडी १८ क्यारेट सुनबाट बनेको छ । जसको मूल्य २ लाख डलर अर्थात १।६७ करोड भारतीय रुपैयाँ पर्छ । दुलहाको टोलीले आफ्नो घडी देखाएको भिडियो पनि सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण