नयाँ सरकार
एमालेबाट यी सांसदले लिँदैछन् शपथ, सुब्बा सञ्चारमन्त्री
सोमबार, ३१ असार २०८१, ०९ : २४

काठमाडौँ । सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो गरेको छ । एक नेताका अनुसार एमालेले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् ।
त्यसै गरी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् । शिक्षा मन्त्रालयको जिम्मा विद्या भट्टराईले पाउँदा रक्षा मन्त्रालय मानवीर राई बन्ने भएका छन् ।
उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । राजकुमार गुप्ताले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय पाउने भएका छन् । सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने सूचीमा रहे पनि अन्तिममा अध्यक्ष ओलीले नाम हेरफेर गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र