भावी रणनीति बनाउन विप्लवले बोलाए समाजवादी मोर्चाको बैठक
काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले मङ्गलवार बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।
मङ्गलवार दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोक नगरमा बैठक बस्ने क्षेत्रीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बस्न लागेको हो । मोर्चामा ल्याउन विप्लवले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरेको उनले जानकारी दिए ।
‘पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको हो । उहाँ (विप्लव) ले माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल लगायत दलहरूसँग परामर्श भइरहेको छ । बैठकले सडक सङ्घर्षका कार्यक्रम ल्याउनेबारे एउटा निष्कर्षमा पुग्ला’, क्षेत्रीले भने ।
असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका प्रचण्डकै आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा असार २६ गते मोर्चाको बैठक बसेको थियो । त्यस बैठकमा संविधान संशोधनमार्फत प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै वामपन्थी एकतादेखि ध्रुवीकरण गरी सदन र सडक सङ्घर्षमा जाने सहमति गरेको थियो । एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा कांग्रेस, जसपा र लोसपा सहभागी भएको दुई तिहाइको सरकार गठन भइसकेको छ ।
गत वर्ष असार ४ गते माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा गरी चार दल मिलेर मोर्चा गठन गरेका थिए । मोर्चामा सहभागी दल जनता समाजवादी दल विभाजन भएपछि दुवै दल अहिले मोर्चाबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण