अर्थ मन्त्रालयमा पौडेलले पदभार ग्रहण गरेको दिन घट्यो नेप्से परिसूचक
काठमाडौँ । आज नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेको दिन सेयर बजारमा गिरावट आएको छ । अर्थमन्त्रीमा पौडेलको नाम चल्नसाथ निरन्तर उकालो लाग्दै २५० अङ्कभन्दा बढीले बढेको नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक पदभार ग्रहणको दिनमा भने १७.१८ अङ्कले घटेको हो ।
अर्थ मन्त्रालयमा पौडेलको नाम चलेयता बढेको सेयर बजारबाट लगानीकर्ताले नाफा बुक गर्दा परिसूचक दोहोरो अङ्कले घट्यो । यससँगै आज नेप्से परिसूचक २२४० अङ्कमा आएर रोकिएको छ । यस क्रममा आज ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै २ कम्पनीको मूल्य स्थिर छ ।
आज नेप्सेमा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको २ करोड ५० लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज सोमबार सिभिल बैंक डिबेञ्चर २०८८ र माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १०–१० प्रतिशतले बढेको छ । यस्तै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एनआईबीएल ग्रोथ फन्डको सेयर मूल्य समान ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
कारोबार भएका १३ वटा समूहमध्ये ४ वटा समूहको सूचक बढेका छन् । यसबाहेक बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह घटेका छन् । आज माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको आज ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण