वर्षाका यो वर्ष २ फिल्म
सोमबार, ३१ असार २०८१, १६ : ०७
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीका यो वर्ष दुई फिल्म रिलिज हुँदैछन् । ती फिल्म हुन् ‘मोदीबेनी’ र ‘छक्का पन्जा ५’।
‘मोदीबेनी’ आगामी साउनको १८ गतेबाट रिलिजमा आउँदैछ । फिल्मको प्रचार प्रसारमा उनी जुट्ने तयारीमा छन् । फिल्ममा वर्षाको अलवा रेजिना उप्रेती, सरोज खनाल, अमरप्रताप श्रेष्ठलगायतको अभिनय छ । फिल्मको फस्टलुक र सार्वजनिक एक गीतमा उनी हाइलाइट छिन् । फिल्म चले उनको करियर फेरि उकालो लाग्नेछ । त्यसैले पनि फिल्मका लागि उनी उत्साहित छिन् ।
‘नाइँ नभन्नु ल २’बाट करिअर सुरु गरेकी वर्षाको अझै पनि बलियो करियर भने बन्न सकेको छैन । उनले फिल्ममा काम पाइरहेकी छिन् । तर, उनलाई आफ्नो स्थान बलियो बनाउनका अझै सङ्घर्ष गरिरहनु परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण