अञ्जुदेखि राजनसम्मका यो साता आए दर्जन बढी गीत
काठमाडौं –पछिल्लो समय सांगीतिक बजार केही उभो लागेको महशुस गर्न सकिन्छ । सायद त्यसैले पनि होला अहिले दैनिक केही न केही गीत संगीत सार्वजनिक भएकै हुन्छ । यो साता पनि बजारमा नयाँ तथा पुराना, चलेका तथा नचेका गायक गायिकाको थुप्रै लोक आधुनिक गीत संगीत सार्वजनिक भए । त्यसमा गायिका अञ्जु पन्त देखि राजन ठकुरी रहेका छन् ।
‘न रुनु है’
गायिका अञ्जु पन्तको नयाँ गीत ‘न रुनु है’ सार्वजनिक भएको छ । गीतमा क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्द छ भने संगीत आलिफ खानले भरेका छन् । गीतमा चलचित्रका सम्पादक शाहिल खानको अभिनय रहेको छ । शाहीललाई मोडलिङमा अभिनेत्री शिल्पा पोखरेलले साथ दिएकी छन् । भिडियो विज्ञान राइले निर्देशन गरेका हुन् ।
‘धर्तीमा आएँ एक्लै’
गायिका अन्जु पन्तको स्वर रहेको ‘धर्तीमा आएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडल बिनु शाक्य, सनम कठायत लगायतको अभिनय रहेको छ । बसन्त लम्सालको शब्द तथा संगीत रहेको उक्त भिडियोमा विकास घले गुरूङको निर्देशन रहेको छ ।
‘झिल्के भेना’
गुरुङ संस्कृति एवं पहिचान बोकेको ‘झिल्के भेना’ बोलको कौरा गीत तथा भिडियो सार्वजनिक भएको छ । भेनालाई सालीहरुले झिस्काउने संस्कृति एवं संस्कारलाई समेट्दै ‘झिल्के भेना’ बोलको यो मिठो कौरा गीत तयार गरिएको छ ।
रेवत रानामगर र रेशम गुरूङद्धारा निर्मित यस कौरामा दुर्गा गुरूङ, टिका पुन, केशु गुरुङ ‘केशमाया’ र तेजेन्द्र दुराको मिठो स्वर सुन्न सकिन्छ ।
रेशम गुरूङको शब्दरचना र रेवतको लय रहेको यस कौरा भिडियोलाई राजु गुरूङ ‘डिडी’ले निर्देशन गरेका हुन् । यस भिडियोेका लागि कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् । यो भिडियो हेरिरहँदा कुनै गुरुङ गाउँमा पुगेको आभाष हुन्छ ।
‘झिल्के भेना’मा दुर्गा गुरुङ, केशु गुरुङ, टिका पुनलगायतको अभिनय छ । गायक÷गायिकाहरुकै सुन्दर अभिनय रहेको यस भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सम्पादन विष्णुहरी तिमिल्सिनाले गरेका हुन् ।
‘मनको थैली’
गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् । दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैले लेखेका छन् । गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । सज्जन हमालको निर्देशन गरेको भिडियोमा विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ ।
‘अधिकार’
गायक प्रेम रावत र गायिका लक्ष्मी परियारको लोकदोहोरी गीत ‘अधिकार’ बजारमा आएको छ । जीवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नु पर्दाको अवस्थामा आफ्नी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको छ । सुनिता नेपाली र हिरा नेपालीको शब्द तथा रावतको लय सिर्जना रहेको गीतको भिडियो निर्देशन वविता श्रेष्ठले गरेकी हुन् । भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ, विमल अधिकारी र बालकलाकार आरब श्रेष्ठको अभिनय रहेको छ ।
‘चार इन्च ख्याल खयाल’
गायक तथा संगीतकार प्रियजन राइको ‘चारयन्च ख्याल ख्याल’ गीत भिडियो सहित आएको छ । भिडियोमा चन्दा दाहाल,अक्कल तामाङ, अमन राना र किरण राईको अभिनय रहेको छ । अमन रानाको कोरियोग्राफीमा गायक तथा संगीतकार राईले नै निर्देशन गरेको भिडियोलाई जनकराज अधिकारीले खिचेका हुन् भने मनिष कार्कीले सम्पादन गरेका छन् ।
‘आँसु’
गायिका बिष्णु माझी र गायक संजय फाउन्डफेल्डरको आवाजमा लोकदोहोरी गीत ‘आँसु’बजारमा आएको छ । उक्त गीतमा लय भने आयुष परियारको रहेको छ । कुमार परियारको शब्द सृजना रहेको गीतमा अभिनय भने मोडल जोडी बिनोद श्रेष्ठ र रन्जिता गुरुङको रहेको छ । दिपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोमा छायांकन भने करण चैसिरले गरेका हुन् ।
गोर्खे सलाम
बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईले राष्ट्रिय भावना बोल्ने ‘गोर्खे सलाम...’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकामा बसोबास गरिरहेका गायक राईको उक्त गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत छ । गीतमा बुढाथोकीले नै संगीत संयोजनको काम गरेका छन् । उक्त गीत गायक राईको ‘समिश्रण’ एल्बममा समावेश छ । मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।
निर्मल लामाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई भिमफेदी गाइजका कलाकारले आकर्षक बनाएका हुन् । निर्देश्ँक लामा पनि भिमफेदी गाइजकै सदस्य हुन् ।
‘तिम्रो रुपैको’
बुद्ध योञ्जनको शब्द सुनिल गिरीकोे स्वर, संगीत रहेको गीत ‘तिम्रै रुपको’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राजकुमार महर्जनको सुन्दर भावले सजिएको ‘तिम्रो रुपैको’ म्युजिक भिडियोमा मोडल नयन डीसी र मनिषा श्रेष्ठको अभिनय रहेको छ । ललितपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा प्रेमभावले ओतप्रोत दृश्य खिचिएका छन् ।
‘हजुरले लाएको टोपी मनपर्यो’
गायिका निलमले ‘हजुरले लाएको टोपी मनपर्यो’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेकी छन् । निलमकै शब्द, संगीत र स्वर रहेको यस गीतलाई श्रोता दर्शकले रुचाएका छन् । भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् भने छायांकन युवराज राईले । भिडियोमा दक्षकुमार राई, ऋचा थापा, निर्मला पुलामी मगर र देविकाश्री मगरले अभिनय गरेका छन् ।
‘मेरी प्रियसीलाई’
मधुकर लोहोनीको शब्द तथा संगीत रहेको गीत मेरी उनीलाई बजारमा आएको छ । गायक मनोज राइको सुमधुर स्वर रहेको गीतको भिडियो सुरेन्द्र मान सिंह र केदार उप्रेतीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । भिडियोमा नबराज श्रेष्ठ, बिनिता बराल, अमेरिकन मोडल एलिक्स र केदार उप्रेतीको अभिनय रहेको छ ।
‘चिसो चिसो’
गायक नारायण धितालको आवाजमा रहेको नयाँ गीत चिसो चिसोको भिडियो सार्बजनिक गरिएको छ । अर्जुन रत्न भिकारिको शब्द रचना रहेको गीतमा संगीत चेतन सापकोटाको रहेको छ । ‘जय माया प्रेम’ नामक एल्बम्ममा समाबेश उक्त गीतको भिडियोलाइ तेन्जु योञ्जनले निर्देशन गरेका हुन् भने सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । वि स्टार नेपालले सार्बजनिक गरेको भिडियोमा विल्सन र सोनीराइको अभिनय रहेको छ ।
‘तिम्रो त जिन्दगी’
गायक अनिल पहाडीको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘तिम्रो त जिन्दगी’ सार्वजनिक भएको छ । भिडियोमा विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । विगतको समयमा मायालु जोडीसगँ विताएको रमाइलो पललाई गीतमा ब्यक्त गरिएको छ ।
महेश खरेलको शब्द रहेको गीतमा संगीत संयोजन गायक पहाडीकै छ । मिलन क्षेत्री, अनु श्रेष्ठ, दिपक सुवेदीको भिडियोमा अभिनय देख्न सकिन्छ ।
‘बुट्टे चोलीमा’
नब गायक सन्जिब बस्नेतको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । बिनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका हुन् ।
राजन शाहीले कोरियोग्राफी गरेको भिडियोमा संजय राज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सन्जिब बस्नेत तथा सुर्य चन्दकै अभिनय देख्न सकिन्छ ।
‘नजाउ रेलिमाई’
गीतकार बिशाल गौतमले नयाँ गीत ‘नजाउ रेलिमाई’ सार्बजनिक भएको छ । केही समय देखि अष्ट्रेलियामा रहँदै गौतमले आफ्नै स्वर शब्द र संगीतमा गीत सार्बजनिक गरेका हुन् । प्रकास धितालले निर्देशन गरेको भिडियोमा भिमफेदी गाईज अनि श्रृष्टि खड्काको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण