कराँते टोली भुटान प्रस्थान
सोमबार, ३१ असार २०८१, २१ : ३५
काठमाडौँ । दक्षिण एसियाली कराँते च्याम्पियनसिपको आठौँ संस्करणमा सहभागी हुन नेपाली कराँते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, कराँते महासंघका महासचिव दावा गुरुङलगायतले सोमबारै त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबिच बिदाइ गरे । नेपालमै भएको सातौँ संस्करणको प्रतियोगितामा नेपाल ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण