त्रिशूलीमा हराएका बस र यात्रु खोज्न गृह मन्त्रालयले लेख्यो भारत सरकारलाई पत्र
काठमाडौँ । सरकारले चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस र बसमा सवार धेरै जसो यात्रु फेला पार्न नसकेपछि भारतीय सहयोग लिने पहल थालेको छ ।
गत शुक्रबारदेखि नेपालमा उपलब्ध उपकरणहरू तथा जनशक्तिले खोजी तथा उद्धार गर्दा पनि प्रभावकारी हुन नसकेपछि भारतको सहयोग माग गरिएको हो । गृह मन्त्रालयले भारत सरकारलाई सोमबार परराष्ट्र मन्त्रालयमार्फत उपकरण र गोताखोर माग गरी पत्र पठाएको छ ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा.भीष्मकुमार भुसालले पत्राचार गरेको पुष्टि गरे । ‘हामीसँग भएका जनशक्ति र उपकरण पर्याप्त नभएपछि भारतको सहयोग लिन खोजिएको हो’ उनले रातोपाटीसित भने ।
यसबारे नेपाल र भारतका विपद् व्यवस्थापन अधिकारीहरू तथा निकायबिच घटना भएको दिनदेखि नै अनौपचारिक कुराकानी भइरहेको तर औपचारिकता सोमबार पुरा गरिएको हो । यसअघि यस प्रकृतिको उद्धारमा बङ्गलादेशबाट गोताखोर मगाइएको थियो । ‘भारतको सहयोग पहिलो पटक खोजिएको हो’ भुसालले भने ।
नेपालले भारतलाई उच्चतम प्रविधिसहितको उद्धार कार्यका लागि सहयोग तथा शवहरू पत्ता लगाउन आवश्यक समन्वयका लागि औपचारिक पत्र पठाएको छ । सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण