शाहरुख खानको फिल्ममा भिलेन बन्दैछन् अभिषेक बच्चन
नयाँ दिल्ली । बलिउडका किङ खान अर्थात् शाहरुख खान छिट्टै आफ्नी छोरी सुहानासँग नयाँ फिल्ममा देखिँदैछन् । अहिलेसम्म मेकरहरूले फिल्मको नाम गोप्यै राखेका छन् । तर यो फिल्म किङ हुन सक्ने बताइएको छ । यसैबिच अभिनेता अभिषेक बच्चन शाहरुखको फिल्ममा देखिने चर्चा चलेको छ ।
सन् २००० देखि फिल्ममा सक्रिय रूपमा लागेका अभिषेक बच्चनले आफ्नो करियरमा धेरै फिल्म खेले । तर उनले आफ्ना पिता बलिउडका महानायक अमिताभ बच्चनले जस्तो सफलता हात पार्न सकेका छैनन् । उनी कयौँ फिल्ममा नायक बनेका थिए । तर उनले दर्शकको मन जित्न सकेनन् । अब छिट्टै जुनियर बच्चन खलनायकको रूपमा देखिँदैछन् । शाहरुखको आगामी फिल्ममा उनी खलपात्रको भूमिका निर्वाह गर्नेछन् ।
पिपिङ मुनको रिपोर्ट अनुसार अभिषेक बच्चन निर्देशक सुजोय घोष र सिद्धार्थ आनन्दको फिल्म ‘किङ’मा शाहरुख खानको साथमा नेगेटिभ पात्रको रूपमा देखिनेछन् । दुवै कलाकारका फ्यानका लागि यो नयाँ अनुभव हुनेछ । अभिषेकले आफ्नो अभिनयले दर्शकहरूलाई दङ्ग पारिरहन्छन् । हरेक पटक जटिल खालको भूमिकालाई उनले न्याय गरेका छन् । अभिषेकले पूरै खलपात्रको भूमिका निर्वाह गर्न लागेको ‘किङ’ पहिलो व्यावसायिक फिल्म हुनेछ । यस फिल्ममा अभिनयले उनले दर्शकहरूमा फरक छाप छोड्नेमा निर्माताहरू ढुक्क भएको बताइएको छ ।
कस्तो हुनेछ अभिषेकको भूमिका ?
अभिषेकको भूमिकाबारे अहिलेसम्म धेरै जानकारी आएको छैन । तर उनी खतरनाक ग्याङ्स्टरको भूमिकामा देखिन सक्ने बताइएको छ । यस फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान पनि देखिँदैछिन् । अहिले फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
मुकेश अम्बानीको कान्छो छोरा अनन्त र राधिकाको बिहेलगत्तै यो फिल्मको तयारीका लागि शाहरुख लन्डन गएको खबरहरू आइरहेका छन् । निर्माण पक्षले फिल्मलाई २०२५ मा रिलिज गर्ने तयारी गरिरहेका छन् । यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण