बन्ने भयो सोल्जरको सिक्वेल, २०२५ बाट सुरु हुनेछ सुटिङ
नयाँ दिल्ली । सन् १९९८ मा २ वटा फिल्म सर्वाधिक चर्चामा आए । यी फिल्म थिए शाहरुख खानको ‘कुछ कुछ होता है’ र बबी देओलको ‘सोल्जर’ ।
बलिउड अभिनेत्री प्रिती जिन्टाले सोही सोल्जरबाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । यो एक्सन थ्रिलर सो वर्ष बक्स अफिसमा दोस्रो सर्वाधिक कमाउने फिल्म बन्यो । फिल्ममा बबी देओल र प्रीति जिन्टाको जोडीलाई दर्शकहरूले निकै माया दिए ।
केही समययता यो फिल्मको सिक्वेलको चर्चा चलिरहेको थियो । रमेश तौरानीले निर्माण रहेको उक्त फिल्मको सिक्वेल आउन लागेको छ । बबी देओलले केही समयअघि सोल्जरको सिक्वेल आउने संकेत दिएका थिए । हालै फिल्मका निर्माता रमेश तौरानीले यसको सिक्वेल छिट्टै आउने बताएका छन् । ‘हामी पक्कै पनि सोल्जरको सिक्वेल बनाउँनेछौँ। सन् २०२५ बाट फिल्मको छायाङ्कन सुरु गरिनेछ,’ तौरानीले भने ।
यतिबेला दर्शकको मनमा सोल्जरको सिक्वेलमा बबी देओल र प्रिति जिन्टालाई देख्न पाइएला कि नपाइएला उत्सुकता छ । तर अहिलेसम्म फिल्मका कलाकारहरू निश्चित भइसकेका छैनन् । ‘कथाले कस्तो आकार लिन्छ त्यसकै आधारमा कलाकारहरू लिइनेछ । सोही आधारमा बबी र प्रीति यसको हिस्सा हुन्छन् कि हुँदैनन् भन्ने निर्णय गरिनेछ,’ न्यूज १८ सँगको कुराकानीमा तौरानीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण