बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले गरे हङ्गामा
काठमाडौँ । बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले हङ्गामा गरेपछि प्रहरीले मामिलामा हस्तक्षेप गर्नु परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यको मुजफ्फरपुरमा शुक्रबार राति यो घटना भएको हो ।
मुजफ्फरपुरकै गाइघाट निवासी टुनटुन कुमारको विवाह सपनाकुमारीसँग तय भएको थियो । जन्तीसहित बिहेका लागि बेहुलीको घर पुगेका टुनटुन कुमार स्वयंवरका लागि आएकी बेहुलीको अनुहार हेरेपछि आश्चर्यचकित भए । किनकि उनले बिहेको निधो गरेको युवती नभएर अर्कै युवती बेहुलीको भेषमा आएकी थिइन् ।
त्यसपछि बेहुलाले बेहुली साटिएको भन्दै हङ्गामा गरे । उनले ती युवतीसँग बिहे नगर्ने अडान लिए ।
बिहे रोकिएपछि बेहुलीको परिवारले टुनटुन कुमारसँगै बिहे गर्ने निधो भएकी सपनाकुमारीलाई बिहेका लागि मनाउन थाले । सपनाकुमारीले ‘लहङ्गा’ मन नपरेको भन्दै बिहेका लागि अस्वीकार गरेपछि उनीहरूले सपनाकुमारीकी बहिनीलाई बेहुली बनाएर पठाएका थिए । तर सपनाकुमारीले फेरि पनि बिहेका लागि अस्वीकार गरिन् । त्यसपछि मामिला प्रहरीसम्म पुग्यो ।
प्रहरीले दुवै पक्षलाई थानामा बोलाएर छलफल ग¥यो । थाना प्रमुख संजीवकुमार दुवेको पहलमा दुवै पक्षबिच सहमति भयो । त्यसपछि मन्दिरमा गएर टुनटुन र सपनाकुमारीबिच विवाह सम्पन्न भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
-
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
-
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
-
हुम्ला–बाजुरा सीमा विवाद: आरोप–प्रत्यारोपका बिच कर्णाली करिडोर ठप्प, सर्वसाधारण मारमा
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण