कोरियन ओपन कराँतेमा नेपाली खेलाडीलाई एक स्वर्ण र दुई रजत
काठमाडौँ । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् ।
प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जितेका हुन् । अनिलले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका हुन् ।
यसैगरी, नेपाली खेलाडी जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका छन् । उनले पुरुषतर्फको सिनियर एकल कातामा रजत पदक जितेका हुन् ।
उनले कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा पनि रजत पदक जिते । उनी प्रतिस्पर्धात्मक फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भएका थिए ।
लम्जुङका गुरुङ हाल वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् ।
प्रतियोगितामा नेपालबाट दुईजना रेफ्री पनि सहभागिता जनाएका थिए । महेश महर्जन र चित्रबहादुर श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हङ्कङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, क्यानडा, पाकिस्तान, कजाकस्तान, उज्बेकिस्तान र भारतका खेलाडीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण