उत्तर कोरियाली वरिष्ठ कूटनीतिज्ञ भागे
सोल । उत्तर कोरियाका एक जना वरिष्ठ कूटनीतिज्ञ भागेर दक्षिण कोरिया पुगेका छन् । सोलको गुप्तचर एजेन्सीले यसको पुष्टि गरेको भन्दै बीबीसीले समाचार छापेको छ ।
ती व्यक्ति राजनीतिक परामर्शदाता भएको बताइएको छ । भागेर दक्षिण कोरिया पुग्ने उनी सन् २०१६ यताका उच्च पदस्थ कूटनीतिज्ञ हुन् ।
रि इल क्यु नाम गरेका ५२ वर्षका ती अधिकारी नोभेम्बरमा दक्षिण कोरिया आएको बताइएको छ । त्यहाँको समाजमा औपचारिक रूपमा अनुकूलन हुन केही समय लागेकोले यो कुरा ढिला मात्रै प्रकाशमा आएको नेशनल इन्टेलिजेन्स सर्भिसले बताएको छ । उनी क्युबास्थित उत्तर कोरियाको दूतावासमा राजनीतिक मामिला परामर्शदाताको काम गर्थे । उत्तर कोरियाली शासनसँगको मोहभंग र त्यहाँ आफ्नो अँध्यारो भविष्यका कारण आफू भागेको उनले बताएका छन् ।
हरेक उत्तर कोरियाली नागरिकले कम्तीमा एक पटक मात्रै भएपनि दक्षिण कोरियामा बस्न पाए पनि हुन्थ्यो भनेर सोच्ने गरेको उनले चोसन इल्बो पत्रिकासँगको अन्तरवार्तामा भनेका थिए । यसअघि सन् २०१६ मा अमेरिकाका लागि उत्तर कोरियाली राजदूत तेई योङ हो पनि भागेर दक्षिण कोरिया पुग्ने उच्च पदस्थ उत्तर कोरियाली अधिकारी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण