पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव गोताखोर भेट्टायो
मङ्गलबार, ०१ साउन २०८१, २१ : १५
कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो फेला पारेको छ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिंखडा पौडी खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराइबाट उनको शव बाहिर निकालेको हो ।
उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण